बुधबार, जेष्ठ १, २०८२

धनगढीमा मेरो डिजिटल देश द्वारा जुम्वा, डान्स व्युटिपार्लर सेवा सञ्चालनमा

धनगढी –
धनगढी उपमहानगरपालिको वडा नं. ३ विशालनगरमा जुम्वाडान्स, व्यर्टिपार्लर, डिजिटल विज्ञापन लगाएतको सेवा एकै ठाउँ वाट सेवा दिने गरि आज वाट सञ्चालनमा आएको छ ।
दिप भिजन फिल्म एण्ड आर्टस् एकेडेमी, रोज व्युटि, कालोश पव्लिकेशन, गजव्वको इन्टरटेनमेन्ट, मेरो डिजिटल देश सस्था मार्फत संयुक्त रुपमा एकै छाना वाट सेवा सुचारु गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पछिल्लो समय डिजिटल प्रविधिको प्रयोग वढ्दै गएको समयमा डिजिटल प्लेटफर्मलाई व्यवस्थित रुपमा प्रयोग वढाउनु पर्ने बताए । सरकारले पनि पछिल्लो समय सामाजिक संञ्जाललाई सुचिकृत गरेर प्रयोगमा ल्याउनको लागि काम गरिरहेको बताउदै शुभकामना दिए ।

त्यस्तै वडा नं. ३ का वडा अध्यक्ष राज बहादुर ऐरले पहिलाका आमाहरुलाई रोगनै लाग्दैन थियो तर अहिलेका आमाहरुलाई सुगर प्रेसर लागाएतका रोगहरु निम्तिने गरेको उनले बताए । हामीले विलासिता जिवनशैलि लाई छाडेर स्वास्थ्यलाई सुधार गर्ने कुराहरुमा जोड दिनु पर्ने भन्दै जुम्वा क्लासमा आएर शारीरिक र मानिसिक रुपमा स्वस्थ हुने उनले बताएका छन् ।

 
कार्यक्रमको समउद्घाटन सुदुरपश्चिमका सामाजिक विकास मन्त्रि मेघराज खड्काले गरेका थिए । उनले उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै पछिल्लो समय कामको व्यस्तताले गर्दा हाम्रो जिवन शैलिनै परिवर्तन भएको छ जस्ले गर्दा हामी रोगि हुनु परेको छ । यहाँ खोलिएको जुम्वा डान्सले केहि हद सम्म स्वस्थ रहन मद्धत गर्ने उनले बताए । जुम्वा भनेको डान्स मात्र नभई शरिरलाई स्वस्थ रहन यस्ले मद्धत गर्ने उनले बताए । उनले हामीले नियमित रुपमा व्यायम गर्नुपर्ने बताए । हामी स्वस्थ भए मात्र समाजका लागि काम गर्न सकिने उनको भनाई छ ।

यस संस्था मार्फत हामीले पार्लर, डान्स, जुम्वा, डिजिटल विज्ञापन लगाएतको सेवा सुचारु गरेको सञ्चालक दिप श्रेष्ठले जानकारी दिए । उनले डिजिटल विज्ञापनको सेवा नेपालमै सवै भन्दा सस्तो मुल्यमा सेवा दिने उनले बताए ।

कार्यक्रममा सनराईज मिडियाका मेनेजिङ डाईरेक्टर उत्तम थापा, विभिन्न कलाकार, व्यवसायी, पत्रकार लागएतको उपस्तिथी रहेको थियो । कार्यक्रम सञ्चालन सनराईज टेलिभिजनका कार्यक्रम संयोजक प्रेम विवश चन्दले गरेका थिए ।

 

ad_wide