धनगढी- धनगढीमा प्रज्ञा उत्सव साधना हुने भएको छ । यही भद्र २८ र २९ गते सौराई स्क्यार हलमा २ दिने साधना हुने भएको हो । सेलिब्रेसन मेडिटेशन सेन्टरको आयोजनामा रंजन कुमार शर्माको संयोजकत्वमा हुने आयोजकले जनाएको छ।
उक्त कार्यक्रम बिहानको ७ बजेदेखी शुरु गरिने छ । मानव जिवनबारेमा यो कार्यक्रम सिकाईने छ । आफ्नो जिवनमा बाधा र अनेक समस्याका कारण आउने समस्यालाई यो प्रशिक्षण कार्यक्रम लाभदायी हुने बिश्वास गरिएको कार्यक्रमका संयोजक रञ्जन कुमार शर्माले बताए ।
तनावपुर्ण जिवनलाई सार्र्थकता दिलाउने हेतुले कार्यक्रम गरिरदैं छ । जसमा जुनसुकै उमेर समुहले सहभागिता जनाउन पाउने सकिने छ । अहिले बदलिदो परिवेशले गर्दा मानवले काममा मात्रै ध्यान दिने हुंदा तनावपुर्ण जिवन व्यतित गर्दै छ यसको सही साधक नै साधना मानिएको सेलिब्रेसन मेडिटेशन सेन्टरका प्रशिक्षक आचार्य पुष्कलले बताए।
यो कार्यक्रममा चिन्तन र बिचारलाई सत्मार्गमा ल्याउने र यसमा सहभागिता जनाउने इच्छुक सहभागीले २५ सय शुल्क तिर्नुपर्नेछ ।
उक्त शुल्क भनेको सहभागीको दुइ दिनको खाना नास्तामा खर्च गरिने समेत सेन्टरले जनाएको छ। आम नागरिकहरुले जिवनको यथार्त चित्रणका बारेमा ज्ञान लिन प्रज्ञा उत्सव साधनामा आउन हुन समेत सेलिब्रेसन मेडिटेशन सेन्टरले अनुरोध गरेको छ ।