धनगढीमा  रन फर वेस्ट कलेक्सन धनगढी प्रतियोगिता हुँदै 

धनगढी - कैलाली मोडेल माध्यमिक विद्यालयको नव-निर्मित ' कैलाली मोडेल सोसियल क्लव'ले रन फर वेस्ट कलेक्सन धनगढी प्रतियोगिता आयोजना गर्न लागेको छ।

हाम्रो धनगढी सफा धनगढी अभियान अन्तर्गत सरसफाई अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागेको कैलाली मोडेल सोसियल क्लबले जनाएको छ। यही पोस्ट ६ गते विद्यालयकै प्राङ्गणमा सो कार्यक्रम आयोजना हुने भएको हो ।  रन फर वेस्ट कलेक्सन धनगढी  प्रतियोगिताको मुख्य उदेश्य धनगढीमा चलिरहेको "हाम्रो धनगढी सफा धनगढी" भन्ने मुल नारालाई साथ दिनु रहेको क्लबका अध्यक्ष अनिल अवस्थीले बताए ।

कैलाली मोडेल सोसियल क्लवले यस अघि पनि  विद्यालय परिसर भित्र रहेर आयोजना गर्ने गरेको थियो तर अबको पौष ६ गते हुने कार्यक्रममा धनगढीका अरु विद्यालयसंग पनि हातेमालो गर्ने गरेर अघि बढिरहेको र कार्यक्रमले सरसफाइ सम्बन्धि धेरै जनतालाई सजग गराउने क्लबका एक सदस्य सुनिल बुढाले बताए ।

रन फर वेस्ट कलेक्सन धनगढी एउटा प्रतिस्पर्धात्मक  प्रतियोगिता रहेको र जसमा प्रतियोगिहरुले फोहोर संकलन गरेर पुरस्कार जित्ने अवसर पाउनेछन्। जसमा सुदूपश्चिम भरिका विद्यालयहरूमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् ,प्रतियोगिता लगभग १ घण्टाको हुनेछ र एक टिममा २ जनाले सहभागी हुन पाउनेछन् ।

कार्यक्रममा विजेताहरूका लागि प्रथम पुरस्कार रु ५ हजार रहेको छ भने द्वितीय पुरस्कार रु ३ हजार रहेको छ। त्यस्तै तृतीय पुरस्कार २हजार र सान्त्वना दुई टिमलाई १ हजार प्रदान गरिने आयोजकले जनाएको छ। सो बारेमा थप जानकारी लिन ९८६३६४ ७०२६ मा सम्पर्क गर्न सकिने आयोजकले बताइएको छ ।

ad_wide