धनगढी- धनगढी वडा नम्बर ८ को एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलको ३२औँ वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ । शनिवार बिद्यालयकीअध्यक्ष सान्ति अधिकार को सभापतीत्वमा भएको वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका माननीय प्रदेश सभासद तथा पुर्व प्रर्यटन तथा बाताबरण मन्त्री रमेश सिहँ धामी रहेका थिए । वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा बिद्यार्थीहरुले बिभिन्न नाचगानसहित बिभिन्न सांस्कृतीक प्रस्तुती देखाएका थिए । यस्तै बर्षभरी बिभिन्न शैक्षिक तथा अतिरिक्त कृयाकलापमा सहभागी भई उत्कृष्ठ हुने बिद्यार्थीलाई पुरस्कार समेत बितरण गरिएको छ । २०४९ सालमा स्थापना भएको स्कुलमा हाल १,हजार८०० सय जना बिद्यार्थी र ७५, जना शिक्षक,शिक्षीका कर्मचारी रहेका छन् । विद्यालयका प्रिन्सिपल हरि बुढाखोकी क्षेत्रीले मानव जिवनमा शिक्षा अभिन्न अंग रहेको भन्दै समाज र राष्ट्रलाई सुधार गर्न संस्कारसहितको शिक्षा आवश्यक रहेको उनले बताए ।
उनले कार्यक्रममा सहभागी बिद्यार्थीका अभिभावकलाई शिक्षामा गरेको लगानी अहिले तुरुन्तै नपाईने र त्यो प्रतिफल पाउन केही समय लाग्ने बताए । एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलबाट उत्पादन भएका बिद्यार्थी कुनै न कुनै क्षेत्रमा सफल भएरै अघि बढ्ने र यस्मा अभिभावक ढुक्क रहन प्रतिबद्धता दिलाए ।विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत प्रिन्सिपल हरि बुढाखोकी क्षेत्रीले गरेका थिए । वडा न ८ का वडा अध्यक्ष जुगुराम चौधरीले यस एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलले वाषिर्कोत्सव तथा अभिभावक दिवस मा मलाई दुई सब्द बोल्ने अबसर दिदा अभारी भयको उनले बताए । विभिन्न जातजाति वालबालिकाहरु रहेको यस एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलले राम्रो गर्दै गएको भन्दै धन्यवाद समेत दियका थिए ।
वडा अध्क्षय चौधरीले कार्यक्रममा बोल्दै एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुलले अहिलेको समय अनुसार युग सुवादो शिक्षा दिईरहेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका माननीय प्रदेश सभासद तथा पुर्व प्रर्यटन तथा बाताबरण मन्त्री रमेश सिहँ धामीले । गुणस्तरिय र आधुनिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । उनले विश्वव्यापि रुपमा बालबालिकालाई प्रतिष्पर्धी बनाउन सकेमात्रै शैक्षिक संस्थाको दिगोपन हुने भन्दै एरिष्टो इङ्गलीस बोडिङ्ग स्कुल परिवारलाई नविनतम शिक्षा प्रदान गर्न सुझाव दिए ।पछिल्लो समय किशोरा अवस्था देखिनै कुलतमा लाग्ने र परिवार समाज तथा राष्ट्रलाईनै नकारात्मक असर पार्ने गतिविधिमा विद्यार्थी लाग्ने गरेको बताउँदै धामीले बालबालिकालाई कुलतबाट जोगाउने दायित्व पनि विद्यालयको भएको बताए ।
यही स्कुलबाट पढेका विध्यार्थी हरेक क्षेत्रमा राम्रो गर्दै गएको समेत उनले बताए । एरिष्टो विध्यालय आगामी दिनमा राम्रो गर्दै जानु भन्दै शुभकामना व्यक्त गरे।कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सभासद रमेश सिहँ धामी ,बिशिस्ट अतिथि, वडा न ८ का वडा अध्यक्ष जुगुराम चौधरी,लगायत बिभिन्न अतिथी, बिद्यार्थी अभिभावक, पत्रकार,लगायतको उपस्थिति रहेको थियो ।