धनगढीमा रहेको एरिष्टो माबिले गर्याे नमुना प्रतिनिधी सभा सदस्य निर्वाचन

धनगढी- विगत तीन दशकदेखि धनगढी क्षेत्रमा शिक्षामा योगदान दिँदै आइरहेको धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यामिक बिध्यालयले बिध्याथीलाई मध्यनजर गर्दै नमुना प्रतिनिधी सभा सदस्य निर्वाचन आयोजना गरेको छ ।

एरिस्टो बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई निर्वाचन पद्धतिको बारेमा जानकारी गराउने उद्देश्यले आज एरिस्टो माध्यमिक विद्यालयले नमुना प्रतिनिधि सभा सदस्य निर्वाचन को आयोजना गरेको हो। निर्वाचन चार दल गठन गरेर र निर्वाचनका सम्पूर्ण प्रक्रियाहरू पुर्याएर सञ्चालन गरिएको थियो। उक्त चुनावमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीको सहभागिता रहेको थियो।

विद्यालयको पाठ्यक्रममै सरकार गठनको प्रक्रिया सरकारले गर्नुपर्ने काम कारबाही र निर्वाचन प्रक्रियाबारे प्रयोगात्मक रहेको र यो निर्वाचन पद्धति र चुनावले गर्दा आफ्नो प्रयोगात्मक कार्यसँगै सरकार गठनको बारेमा र चुनावी प्रक्रियाको बारेमा थाहा पाउँदा आफूहरूलाई खुसी लागेको चुनावमा भाग लिएका विद्यार्थीहरूको भनाई रहेको छ।

हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको र कक्षा १० को पाठ्यक्रमअनुसार नमूना मतदान प्रक्रिया सुरु गरिएको साथै निर्वाचनमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमूना मतदान पूरा गरेको नमुना निर्वाचनका निर्वाचन अधिकृत समेत रहेका कक्षा १० का बिध्यार्थी गौरब उपाध्यायको भनाई रहेको छ ।

मनोनयन दर्तादेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमूना मतदानले आफुलाई भबिष्यमा सही र योग्य उमेदवार छनोट गर्न समेत सहयोग पुग्ने कक्षा १० मा अध्यनरत प्रिन्स गुप्ताको भनाई रहेको छ ।

विद्यार्थीहरूलाई किताब पढाएर मात्रै ज्ञान प्राप्त गर्न कठिन हुने अवस्था रहेको र प्रयोगात्मक विधिद्वारा यसरी निर्वाचन गराउँदा विद्यार्थीहरूलाई स्मरण गर्न सजिलो हुने र भविष्यमा योग्य नेता छनोट गर्न समेत सहयोग पुग्ने हुनाले यो निर्वाचन प्रक्रिया र चुनावको आयोजना गरिएको एरिस्टो माध्यमिक विद्यालयका सामाजिक शिक्षक विकास विश्वकर्माले बताए ।

साथै विद्यार्थीलाई निर्वाचन प्रक्रियासँगै कानुन निर्माण सरकार गठनको प्रक्रिया समानुपातिक प्रक्रिया तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कुराको ज्ञान यो नमुना निर्वाचनबाट प्राप्त हुने आश रहेको उनको भनाइ रहेको छ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM