धनगढी : आफ्ना ग्राहकहरूलाई स्थानीय खानाको स्वाद चखाइरहेको धनगढीको गाउँले रोस्यो नेपाली क्रिकेटरहरूको सम्मानस्वरूप आज भइरहेको क्रिकेटको लाइभ देखाउने भएको छ।
धनगढी बसपार्क गोल मार्केट पछाडि रहेको गाउँले रोस्योले आफ्ना ग्राहक वर्गहरूलाई आफ्नै रेस्टुरेन्टमा बेलुका ९ बजेदेखि खेल नसकिदासम्म लाइभ देखाउने सञ्चालकले जनाए ।
गाउँले रोस्यो धनगढीमा पहाडी खाना तथा परिकारका लागि परिचित रहेको छ। आज आफ्ना ग्राहकहरूकै सहजताका लागि आफ्नै रेस्टुरेन्टमा लाइभ देखाउने प्रबन्ध मिलाएको गाउँले रोस्यो सञ्चालक सुदर्शन पाण्डेयले बताए । साथै आज आउने हरेक ग्राहक वर्गहरुलाई आफ्ना सम्पूर्ण परिकारमा २० प्रतिशत छुटको व्यवस्था समेत रहेको सञ्चालक पाण्डेयले बताए