धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सु‌रु 

धनगढी- धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता क्रिकेट प्रतियोगिता सुरु‌ भएको छ ।

जेठ १६ गते अर्थात आजदेखी प्रतियोगिता सुरु भएकाे हाे।‌

साहारा नेपालकाे आयाेजमा सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करणको उद्दघाटन ल आज नेपाल सरकारका मन्त्री दामाेदर भण्डारीले गरेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा हुन भएको छ । जेठ १६ देखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ ।

 प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहेका छन् ।‌

समाजलाई खेलकुदको माध्यमबाट सकारात्मक बाटोमा डोर्याउन सकिने विश्वास रहेको सहारा नेपालका अध्यक्ष अनन्त बोहराले बताए ।

स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्ने काममा युवा अग्रसर हुनु समाजका लागि सकारात्मक कुरा रहेकाे कार्यक्रमका प्रमुख अतिथी मन्त्री भण्डारीले बताए ।

  1.  प्रतियोगिताको विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
ad_wide