धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित २ युवती पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट २ युवती लागुऔषधसहित पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी–८ की २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेकी हुन्। शुक्रबार लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।