धनगढीः धनगढी जेसिजको आयोजनामा आइतबारदेखि जेसिज सप्ताह सुरु भएको छ।
समुदायसँग जेसिज नारासहित जेसिज सप्ताह सुरु भएको हो। सप्ताहको पहिलो दिन विरुवा वितरण गरिएको छ। धनगढीको सहिद गेटमा सर्वसाधारणलाई बोटविरुवाहरु वितरण गरिएको छ। विभिन्न किसिमका ५ सय ३४ विरुवा वितरण गरिएको कार्यक्रमका संयोजक महेश्वर ओझाले बताए।