धनगढीमा श्री दुर्गा भवानी टुर एण्ड ट्राभल्स पा।लि।को कार्यालय उद्घाटन

सनराईज टिभि न्युज

धनगढी – धनगढीमा श्री दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा.लि.को विधिवत् रुपमा कार्यालय उद्घाटन गरिएको छ । ब्यवस्थित रुपमा बस सेवा सञ्चालन गर्नको लागि धनगढी ४ चौराहामा आधिकारिक रुपमा ट्राभल्सको कार्यालय सञ्चालनमा ल्याइएको धनगढीका लागि आधिकारिक व्यक्ति दिपेन्द्र पुजाराले बताए । धनगढी देखि बैंग्लोर र बैंग्लोर देखि धनगढी सम्म यात्रुहरुलाई सहज यात्रा प्रदान गर्ने उद्देश्यले यातायात प्रा.लि सञ्चालनमा आएको छ । दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा।लि।को कार्यालय उद्घाटनमा प्रमुख आतिथ्यतामा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर, बिशिष्ट अथितिमा कैलाली पत्रकार महासङ्घका अध्यक्ष श्रवण देउवाको उपस्थिति रहेको थियो। यस्तै अथितिमा होटेल ब्यबसायी महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव तेज बहादुर महरा , सुर्मा देवी बझाङ्गी सेवा समाजका अध्यक्ष , यातायात प्रा।लि।का पदाधिकारी सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। कार्यालय उद्घाटनसँगै यतायात ब्यबसायीहरुले सहज रुपमा यात्रुलाईसेवा दिने सँगै सञ्चारकर्मीहरुलाई निशुल्क सेवा दिने प्रतिवद्धता समेत गरेका छन्। उद्घाटन समारोहमा सभापतिको आशन समेत गरेका श्री दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा। लि।धनगढीका लागि आधिकारिक व्यक्ति दिपेन्द्र पुजाराले आगामी दिनमा पनि सबैको साथ सहयोग रहने अपेक्षा गरेको बताए।

कार्यालय उद्घाटनमा बोल्दै कैलाली उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवरले बाणिज्य महासंघको तर्कबाट जे गर्न सकिन्छ , आफु तयार रहेको र यहाँहरुले सहज रुपमा यात्रुलाईसेवा सेवा दिनुपर्ने बताए ।

ad_wide