धनगढीमा सञ्चालनमा आयो जी एण्ड के कन्सलटेन्सी

धनगढी – धनगढीमा जी एण्ड के कन्सलटेन्सी सञ्चालनमा आएको छ ।

पोखरामा केन्द्रिय कार्यालय रहेको जी एण्ड के कन्सलटेन्सीको शनिबार धनगढी–५, हसनपुरमा शाखा उद्घाटन गरिएको हो ।

आयल्ट्स र पीटीईका कक्षाहरु सञ्चालन गर्ने उद्देश्यले जी एण्ड के सञ्चालन गरिएको जी एण्ड के धनगढी शाखाका सञ्चालक आयान नबिन धामीले बताएका छन् ।

शनिबार जी एण्ड के कन्सलटेन्सीका अध्यक्ष राजन पन्थी र धनगढीका वरिष्ठ सर्जन डाक्टर चन्द्रप्रकाश पाण्डेय ‘सीपी’ले औपचारिक उद्घाटन गरेका हुन् ।

आज भएको उद्घाटन समारोहका उपलक्ष्यमा वैदेशिक अध्ययनमा जाँदा लाग्ने खर्च, भिसा प्राप्तीको प्रक्रिया, कलेज÷विश्वविद्यालय सम्बन्धी जानकारी, आयल्स÷पीटीई लगायत विभिन्न विषयमा जानकारीसमेत प्रदान गरिएको छ ।

साथै उक्त उद्घाटनका अवसरमा आयल्ट्स र पीटीईमा भर्ना हुने विद्यार्थीलाई ५०% छुटको व्यवस्था पनि गरिएको थियो ।

जी एण्ड के इन्टरनेशनल एजुकेसन कन्सलटेन्सीको तेश्रो शाखा सुदूरपश्चिमको धनगढीमा स्थापना भएकाले आगामी दिनमा सुदूरपश्चिमका विद्यार्थीलाई अध्ययनदेखि सम्पूर्ण प्रक्रियाका लागि सहजता हुने जी एण्ड केका अध्यक्ष राजन पन्थीले बताएका छन् ।

ad_wide