धनगढीमा सञ्चालन भयो लौरो फुड बैंक एण्ड कफी सप

धनगढी – जे गर्छु नेपालमै गर्छु भन्ने स्लोगनका साथ धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा आएको छ।

शिक्षक समाजसेवी शंकर श्रेष्ठको १८ अनुमानित लगानिमा फुड बैंक सञ्चालनमा आएको हो । अर्गानिक तथा सुदूरपश्चिमका परम्परागत खाना, नास्ता र चिया–कफीको संगमका रुपमा सञ्चालनमा आएको लौरो कफी सपको उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका हुन ।

लौरो फुड बैंकको उद्घाटन गर्दै अध्यक्ष कुँवरले लौरोको ‘जे गर्छु नेपालमै गर्छु’ भन्ने अभियान एकदमै उत्कृष्ट रहेको र आगामी दिनमा ब्यापार ब्यावसायमा आउने समस्यामा कैलाली उद्योग वाणिज्य संघ सधै साथमा रहेको ब्याक्त गरे ।

रैथाने अन्नबाली कोदो, मकै, फापर लगायतका विभिन्न परिकारसहित १ सय ५० भन्दा बढी प्रकारका चिया–कफी उपलब्ध गराइने र ग्रहाकको माग अनुसार अगाडी बढ्ने लौरोका सञ्चालक शंकर श्रेष्ठले बताए ।

ad_wide