सुदिप थापा धनगढी। धनगढीको ६ लेन सडक संग जोडिएको भन्साररोड वडा नं. २ को सिद्धार्थ मार्गको सडक निर्माणमा वडाका जनप्रतिनिधिहरुले कुनै पनि चासो नदेखाएको स्थानियहरुले गुनासो गरेको छन् ।
पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने यो सडकमा श्री नव दुर्गा माध्यमिक विध्यालय पनि छ । विध्यालय आवत जावत गर्दा विध्यार्थीले साह्रै समस्या झेल्नु परेको र त्यहाँका स्थानियलाई पनि वटो निर्माण नहुदा सास्ती खेप्नु परेको छ ।
जनप्रतिनिधिले पनि यो वाटो वनाउन कुनै चासो नदेखाएको स्थानिय मुन्नि विष्ट बताईन । वडा अध्यक्षलाई जिताएर पठायौं तर अध्यक्ष कानमा तेल हालेर बसेको उनको भनाई छ ।
यहाँ विध्यालयका विध्यार्थी छन् वाटोमा हिड्दा पनि लड्ने गरेका छन् तर वडाका जनप्रतिनिधिले यो साल बजेट छैन आर्को साल बनाउला भनेर झुकाउने गरेकोे स्थानिय सुन्दरी धामी बताईन् ।
त्यस्तै स्थानिय लक्ष्मि सिंह पेलाले अलि कति गतिलो वडा अध्यक्ष भएको भए आफ्नो वडाको योजना निर्माण मा सक्रिय हुने थिए तर आफुले नगर प्रमुखले वडा अध्यक्षलाई धेरै चोटी झपारेको उनले प्रत्यक्ष देखेको बताए । वडा अध्यक्ष संग आफ्नो वडामा बजेट ल्याउनको लागि क्षमता नै नभएको उनको भनाई छ ।
धनगढी उपमहानगरपालिकाको वडा नं. २ को सिद्धार्थ मार्गको वाटो सहित अन्य चलनचल्तीका वाटो पनि निर्माण हुन नसकेको स्वीकार वडा अध्यक्ष धर्म राज ओझाले गरेका छन् । हामीले हुलाकी सडकलाई मोहनाको किनारमा वाट लगेर गाउँलाई नै बचायौं । हुलाकी सडक वाट फनपार्क हुदै सिद्धार्थ टोलको वाट धनगढी उपमहानगरपालिकाका इन्जिनियरले वहुवर्षिय ठेक्कामा लागेकाले पछि बन्ने उनले बताए । वहुवर्षिय ठेक्का लगेको हुनाले आको वर्ष क्रमिक रुपमा बजेट आए पछि निर्माण गरिने उनले बताए ।
सिद्धार्थ मार्गको सो सडकमा हुलाकी सडकको वाटो निर्माण गर्ने र १२ मिटर मा हुलाकी सडकको वाटो बनाउने योजना थियो तर स्थानीयले ९ मिटर कायम गरी हुलाकी सडक निर्माण हुने पर्ने माग राखे । हुलाकी सडक अन्तर्गत परेको योजनामा घरहरु सवै भत्काउनु पर्ने र थोरै जमिन भएका घर धुरीलाई समस्या हुने भएकाले स्थानियले मुद्धा लडेर हुलाकी सडक मोहना किनारको वाटामा सारेको त्यहाँका स्थानीयको भनाई छ । नगरपालिकाको हरेक ठाउँमा सडकहरु निर्माण भईरहेको छन् त्यसैले सिद्धार्थ मार्गको सडक छिटो भन्दा छिटो ढल सहितको पक्की सडक बनाइनु पर्ने त्याहाँका स्थानीयहरुले माग राखेको छन् ।