धनगढी। धनगढीमा सरकारी र नीजि माेटरसाइकल एक आपसमा ठाेक्किँदा एक जना घाइते भएका छन्
त्रिवेणी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष पारस बुडाले चलाएको सुपप्र ०१ ००१ ब २३६७ सरकारी माेटरसाइकलले सन्जय यादवले चलाएकाे ०१ ०१० प १११० काे माेटरसाइकललाई ठक्कर दिएको हाे।
दुर्घटनामा सन्जय यादव घाइते भएकाे ट्राफिक प्रहरीले जनाएकाे छ। यादवकाे धनगढी स्थित निशर्ग अस्पतालमा उपचार भइरहेको छ। भने वडा अध्यक्षले भने घटना मिलाउन ट्राफिक प्रहरी तथा घाइतेलाई दबाव दिएको स्रोतले बताएको छ।