धनगढीमा सात दिने सी डिप्लोमा कोचिङ कोर्ष सञ्चालन

सुदिप थापा, धनगढी- ए फ सी कोचिङ कन्भेन्सन, एएफसी सी डिप्लोमा कोचिङ कोर्ष आजबाट सञ्चालन भएको छ । कैलाली जिल्ला फुटबल संघको आयोजना र अल नेपाल फुटबल एसोसिएसन एन्फाको सहयोगमा ७ दिने कोर्ष सञ्चालन गरिएको हो ।

विशेषगरी खेलकुदको विकासका निमित्त प्रदेश खेलकुद परिषद स्थापना भइसकेपछि हामीले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र विकासको योजनालाई तीन भागमा विभाजित गरेर काम गरी रहेको कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश खेलकुल परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले बताए ।

हामीले प्रतियोगिता गरिरहदा सुदूरपश्चिम वासिलाई धेरै ठुलो आर्थिक भार पर्न जान्छ किन भने हामी संग दक्ष जनशक्ति छैनन् त्यसैले यस्ता किसिमका कार्यक्रमहरुलाई परिषद्ले प्रभावकारी रुपमा अगाडि वढाएको बताए । हाम्रा खेलाडीहरुले नेपालका खेलहरुमा ६० प्रतिशत प्रतिनिधित्व गर्ने तर हाम्रा प्राविधिक तर्फ एकदमै कम प्रतिनिधित्व हुने उनले बताए । हाम्रा खेलाडीले खेल संगै प्रविधिक क्षेत्रमा समेत आवद्ध हुनु पर्ने उनले जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले कैलाली जिल्ला फुटबल संघलाई कान समातेर लगानीको वातावरण बनाएर अगाडी बढाउन मद्धत गरेकोमा सदस्य सचिव दिपक बहादुर सिंहलाई धन्यवाद दिए । अहिलेको लगानी भनेको सुदूरपश्चिमका लागि मात्र नभई तपाईहरुको लगनी अन्तराष्ट्रिय स्तरमानै रहने प्रशिक्षर्थीहरुलाई मल्लले सुझाव दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ, अखिल नेपाल फुटबल संघका टेकनिकल डाईरेक्टर हरि खड्का, अखिल नेपाल फुटवल संघका हेड अफ कोच एजुकेशन संजित सिंह, खेलकद पत्रकार मञ्चका कैलालीका अध्यक्ष प्रदिप पाठक, प्रशिक्षक समितिका संयोजक कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष जितेन्द्र कुमार बोगटी बोस, कैलाली जिल्ला फुटवल संघका उपाध्यक्ष कुमार बहादुर शाही, कैलाली जिल्ला फुटवल संघका उपाध्यक्ष रज बहादुर थापा, कैलाली जिल्ला फुटबल संघका कार्यसमिति सदस्य तथा पदाधिकारी, कैलाली जिल्ला फुटसल संघका अध्यक्ष आशिष शाह, कैलाली जिल्ला पुर्वराष्ट्रिय खेलाडी संघका अध्यक्ष, कैलाली जिल्ला भेट्रान खेलाडी संघका अध्यक्ष, धनगढी उपमहानगरपालिका फटवल विकास समितिका अध्यक्ष राजेश भाट, गादावारी नगरपालिका फुटबल विकास संघका अध्यक्ष चेत राज पाण्डेय, गौरीगंगा नगरपालिका फुटबल विसास समितिका अध्यक्ष अर्जुन बम, घोडाघोडी नगरपालिका फुटबल विकास समितिका अध्यक्ष गणेश शाही, लम्की चुहा नगरपालिका फुटबल विकास समितिका अध्यक्ष उमेश शाही, भजनी नगरपालिका फुटबल विकास समितिका अध्यक्ष रंजित कुमार लामा, कैलारी गाउँपालिका फुटबल विकास समितिका अध्यक्ष आरती चौधरी, मोहन्याल गाउँपालिका फटवल विकास समितिका अध्यक्ष, कैलाली जिल्ला फुटवल प्रशिक्षक संघका उपाध्यक्ष तथा एन्फा प्रशिक्षक भिष्म भाट लगायत सम्पूर्ण प्रशिक्षकहरु, कैलाली जिल्ला फुटबल रेफ्रि संघका अध्यक्ष र उपाध्यक्ष तथा रेफ्रिहरु लगायतको उपस्तिथी रहको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष जितेन्द्र कुमार बोगटी बोसले गरेको थिए भने कार्यक्रम सञ्चालन कैलाली जिल्ला फुटबल संघका महासचिब ललित मिश्र गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM