धनगढी । सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना र्याली कार्यक्रम धनगढीामा सम्पन्न गरेको छ ।
नेपाल र नेपालीको सानलाई आईसीसी टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपालका गौरव नेपाली क्रिकेट खेलाडीको हौसला बढाउनका लागि सीजी मोटर्सले धनगढीमा र्यालीको आयोजना गरेको हो ।
‘शुभकामना र्याली’ले खेलकुदमार्फत नेपाल र नेपालीहरुको सानलाई विश्वभरी पुर्याउन नेपाली क्रिकेट खेलाडीलाई आईसीसी टी–२० विश्वकप खेल मैदानमा उच्च मनोबलका साथ खेल्ने हौसला प्रदान गराउने उद्देश्य रहेको र आईसीसी टी–२० विश्वकपलाई हौसला दिन शुभकामना र्याली काठमाडौं लगायत देशका भरनै आयोजना गरेको बिशेष अटो मोबाइल्स प्रा लि धनगढीका प्रवन्ध निर्देशक पुष्कर ओझाले बताए ।
नेपालभर हिरो ब्राण्डका सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्क रहेका स्थानहरुमा पनि शुभकामना र्यालीको सम्पन्न भएको छ ।
धनगढीमा शुभकामना र्यालीे मंगलबार साझ ६ बजे शुरु भएको सो र्यालीमा ३० जनाभन्दा बढी राइडरहरुको सहभागीता रहेको थियो ।
र्यालीमा सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरु हिरो ब्राण्डका रहेका थिए। सीजी मोटर्सको हिरो ब्राण्डको धनगढीमा रहेको सोरुम विशेष अटोमोबाइल्स प्रा. ली. बाट सुरु भएको ¥याली चौराहा, जिल्ला ट्राफिक कार्यालयको वाटो हुँदै क्याम्पस रोड, रिङरोड, हसनपुर, चटकपुर सहिदगेट हुँदै पुनः सोरुममा पुगेर समापन भएको थियो।
खेलकुद मार्फत नेपाल र नेपालीको गौरव र सानलाई विश्वभरी चिनाउने खेलाडीको मेहनतलाई सबैले उच्च मूल्यांकन गर्दै उहाँहरुको मेहनतको कदर गर्न गर्नुपर्ने निर्देशक ओझाले बताए । धनगढीको ¥यालीमा सहयोग हुनु भएका सवै राईडरहरुलाई र विशेष गरी ट्राफिक व्यवस्थापनमा सहजिकरण गरी दिनु भएका जिल्ला ट्राफिक कार्यालय प्रमुख गंगा बहादुर सारुलाई बिशेष अटो मोबाइल्स प्रा लि धनगढीका प्रवन्ध निर्देशक पुष्कर ओझाले धन्यवाद दिए । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ ।