धनगढी – कैलालीको धनगढीमा रहेको सुप होटलबाट १३ जुवाडे पक्राउ परेका छ्न । धनगढी उपमहानगरपालिका – ३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका-२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै बझाङको छविस पाथिभेरा गाउँपालिका-२ ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका -१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ ।
उनीहरूको साथबाट १ लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने ३ गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएकोछ ।