धनगढीमा २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु , उपचारमा लापरबाही भएको परिवारको दाबी

धनगढी - कैलालीको धनगढीमा एक २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको छ।

निसर्ग अस्पतालमा उपचारको क्रममा धनगढी उपमहानगरपालिका–१ शिवनगरकी २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको हो। पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी लक्ष्मीको उपचारको क्रममा मृत्यु भएको हो।

उपचारमा लापरबाही भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। मृतक जोशी हेल्थ असिस्टेन्ट (एचए) पढ्दै गरेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतको शव अस्पतालमै छ। घटनाको विषयमा आधिकारीक जानकारी नभएको प्रहरी बताएको छ। अस्पताल स्रोतका अनुसार यस विषयमा अहिले बैठक बसेको छ।

ad_wide