धनगढी उपमहानगरपालिकाले सुुरु गर्याे अबैध घर टहरा हटाउने काम

धनगढी- कैलालीको धनगढीमा नगर विकासको जग्गा खाली गर्ने काम सुरु गरिएकोे छ। नगर विकास समितिको नाममा दर्ता रहेको साविकको तारानगर–४ (क) कित्ता नम्बर ३००३ क्षेत्रफल १२–१८–१४.५ को जग्गा (सावित विमानस्थलको रहेको जग्गा खाली गराउने काम सुरु गरिएकोे हो।

हाल पुनः नाप नक्सा भएर कायम भएको धनगढी उपमहानगरपालिका–१ नक्सा सिट नम्बर ०२७–०७६९–०१ को कित्ता नम्बर ४३५ र ३९ का साथै सिट नम्बर ०२७–०६७९–०२ को कित्ता नम्बर ४, १४, २० र १७२ को जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेर घरटहरा निर्माण गरेका थिए।

नगर विकास समितिको २०८० असोज २६ गते बसेको बैठकले उक्त जग्गामा बनेका संरचनाहरुलाई हटाउने निर्णय गरेको थियो। सो विषयमा उच्च अदालत दिपायलको रिट निवेदन खारेज सम्वन्धि २०८० चैत २३ गतेको परमादेश कार्यान्वयन गर्नुपर्ने भएकाले २०८१ बैशाख १७ गते १५ दिने सूचना जारी गरिनुका साथै सम्वन्धित संरचनामा पनि सूचना टाँस गरिएको थियो।

१५ दिनभित्र सो स्थान खाली गर्न सूचना जारी गरिएको भए पनि क्षेत्र खाली गर्न आलटाल हुँदै आएको थियो। सो स्थानमा बसोबास गर्दै आएकाहरुलाई ७ दिनको अन्तिम पटक समय दिँदा पनि खाली नभएपछि अहिले संरचना हटाउने काम सुरु गरिएको हो। अहिले नगर प्रहरी बल प्रयोग गरेर भौतिक संरचना भत्काउने काम भइरहेको छ।

ad_wide