धनगढी क्याम्पस रोडमा रहेको खुला उडानले ग¥यो धनगढीमै पहिलोपटक चराको घर निर्माण

धनगढी– धनगढीमा रहेको खुला उडानले पछिल्लो समय हुँदै गरेको वनविनाश र जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै चराहरूको बासस्थानमा सहज होस् भन्ने उद्देश्यले चराहरूको घर निर्माण गरेको छ ।

धनगढीमै पहिलोपटक क्याम्पस चोकमा चराघर निर्माण भएको छ। चराहरूलाई घाम पानी असिना हावाहुरी तथा विभिन्न समस्याबाट केही भएपनि राहत पाउन भन्ने उद्देश्यले खुला उडानले सो घरको निर्माण गरेको हो।

मानव जगतका लागि मात्रै नभएर प्राणी जगतका लागि भने खुला उडानले गरेको यो कार्य सरानीय रहेको र यो कार्यबाट धेरै चराचुरुङ्गीहरुले सुरक्षित स्थान पाउने धनगढी उपमहानगरपालिकाका स्थानीय तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक आत्माराम भट्टले बताए । नगरपालिका तथा विभिन्न सरकारी निकायहरूबाट यस्ता चराचुरिङका बासस्थानहरूलाई स्थापना गर्न सकेमा अझ उत्कृष्ट हुने प्राध्यापक भट्टले बताए।

यो कार्य पर्यावरण र वातावरणका लागि अति उत्कृष्ट भएको र हाम्रो समाजमा मानव जातिसँग चराचर जगतलाई जोड्नका निमित्त र कसरी मिलेर बस्ने भन्ने एउटा उदाहरणको रुपमा यो खुला उडानले गरेको चराघर रहेकोे स्थानीय टेकनाथ अधिकारीले बताए । यस्ता कार्यहरू धनगढीभरि र समग्र विश्वभरि नै लागू हुनुपर्ने स्थानिय अधिकारीले बताए ।

खुला उडानले विगत लामो समयदेखि गर्दै आएको कार्य उत्कृष्ट रहेको र यो चराघरले चराचुरुङ्गीहरूलाई हावाहुरी तथा विभिन्न विपदको बेला चरा हरुलाई विशेष सहायता हुने र खुला उडानले गरेको यो कार्य सम्पूर्ण नगरपालिका तथा अन्य सरकारी पक्षले पनि कार्यान्वयन गर्नुपर्ने सोही ठाउँमा व्यापार गर्दै आएकी स्थानीय व्यापारी गीता चौधरीले बताइन् ।

पछिल्लो समय चराचुरुङ्गीको बासस्थान कम हुँदै गरेको अवस्थामा खुला उडानले कुनै पनि सरकारी सहयोग तथा गैरसरकारी संघसंस्थाहरूको सहयोग बिना नै यो चराघरको निर्माण गरेको र अझ पसल राम्रोसँग चल्न सकेमा थप गर्दै जाने खुला उडानकी सञ्चालक महेश्वरी रेग्मीले बताइन्।

पछिल्लो समय बढ्दै गरेको जलवायु तथा सहरीकरणको मारमा परेका चराचुरुङ्गीलाई केही राहत होस् भन्ने उद्देश्यले यो चराहरूको निर्माण गरिएको र आफ्नो घरमा भएको केही खानाहरू बाँचेको खण्डमा यो चरा घरमा ल्याएर सहयोग गरिदिनुहुन खुला उडानका अर्का सञ्चालक कमल कुमार ऐडीले बताए ।

पछिल्लो समय मानव बस्ती बढ्दै गएको क्रममा कंक्रिटका घर हरू बढ्दै गएको र वनविनाश हुँदै गरेको अवस्थामा चराचुरुङ्गी हरू लाई बासस्थानको अभाव हुँदै आएको र यसको केही हदसम्म भएपनि समस्या कम होस् भन्ने उद्देश्यले यो चराघरको निर्माण गरिएको खुला उडानका परिकल्पनाकार आमोद किशोर दाहालले बताए । खुला उडान एक दुई जना विद्यार्थी तथा आफूले मिलेर सञ्चालनमा ल्याएको र सफल भएमा सम्पूर्ण जनसमुदायले सेवा पाउने र असफल भएमा स्वयं तथा एक दुई जना विद्यार्थीको मात्रै परिश्रम जाने परिकल्पनाकार आमोद किशोर दाहालले व्यक्त गरे ।

ad_wide