दिप श्रेष्ठ
धनगढी –धनगढी वाट टिकापुर चल्ने हायस् गाडी व्यवसायीहरुले आफ्ना समस्याहरुको बारेमा ध्यानाकर्षण गरेका छन् । व्यवसयीहरुले शनिवार धनगढी वाट टिकापुर चल्ने गाडी सेवा एक दिनका लागि बन्द गरेका थिए ।
अत्तरिया क्षेत्र, हाईवे क्षेत्रका स्याउले बस काउन्टर, मसुरिया, सुख्खड हुदै लम्कीको बसपार्कमा पुगेर व्यवसायीहरुले आफुलाई परेको समस्याको बारेमा जानकारी गराएका हुन् । गोदावरी यातायात प्रा.ली, पश्चिम स्टार यातायात प्राली, सुन्दर कर्णाली, सुन्दर सुदूरपश्चिम, सुनौलो सुदूरपश्चिम, मालिका, खप्तड मालिका, खप्तड, धनगढी यातायात, कैलाली यातायात प्रा.ली. अन्तर्गतका व्यवसायीहरुले सयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।
सयुक्त रुपमा यातायात प्रालीहरुले समिति गठन गरेको र ठाउँ ठाउँमा गाडीवाट सय र पचास लिने गरेको यातायात व्यवसायी महेश राज भट्टले बताए । उनले भने कस्ले सयुक्त यातायात समिति राख्यो हामीलाई खवर समेत गरेका छैन्न प्रा.लीहरु मिलेर लुट धन्दा चलाएको उनले आरोप लगाए ।
धनगढी वाट नेपालगंज सम्म छुटेका गाडीहरु नेपालगंजनै जानु पर्ने हो तर चिसापानीवाट फकर्ने गरेका छन् जस्ले गर्दा धनगढी वाट टिकापुर चल्ने गाडी व्यवसायीहरु मारमा परेको यातायात व्यवसायी दिपेश पौड्यालले बताए । उनले भने यात्रुलाई समेत सास्ती भएको छ, नेपालगंज जाने यात्रुले चिसापानीमा गाडी बद्ल्नुपर्ने बाध्यता रहेको र यात्रुलाई प्रत्येक्ष रुपमा मारमा परेको उनले बताए । हाम्रो मागको यातायात समितिका पदाधिकारीहरुले छिटो भन्दा छिटो सामाधान गरिदिनहुन उनले अनुरोध गरे ।
शनिवार धनगढी वाट करिव विस वटा हाय्स गाडीहरु लिएर अत्तरिया हुदै लम्की पुगेका यातायात व्यवसायीहरुले लम्की बसपार्क स्थित सुदुरपश्चिम यातायात प्रालीका शाखा लम्की चिसापानीका इन्चार्ज कमल श्रेष्ठ संग छलफल तथा आफ्ना मागहरुको वारेमा सम्बोधन र समाधन गर्न अनुरोध गरे । त्यसै क्रममा लम्की इन्चार्ज श्रेष्ठले हामी वाट सुधार्ने कुराहरु हामीले व्यवस्थित गर्ने तर्फ लाग्ने बताएका छन् । उनले सम्बन्धित ठाउँवाट छुट्ने गाडीहरु उतै वाट डाईल हुने हुदा त्यो विषय माथिल्लो लेवलमा पुगाउने, कैलालीमा सयुक्त यातायात समिति हिजो मात्रै गठ्न भएको हुदा आएको निर्दैशन बमोजिम चल्ने उनले बताए ।
यातायात क्षेत्रमा थुपै्र समस्याहरु छन् जस्को मार प्रत्येक्ष रुपमा यात्रुहरुले भाग्नुपरेको छ । यातायात प्रा.लीहरुले व्यवसायीको सहजता र यात्रुहरु सहजताका लागि काम गर्नु पर्ने देखिन्छ ।