दिप श्रेष्ठ
धनगढी –
जिल्ला ट्राफिक कार्यालय कैलालीले पछिलो समयमा आफ्नो सक्रियता बढाएको छ । ट्राफिक कार्यालयले सडकमा सवारी साधनले नियम विपरितका कार्य गर्ने सवारी साधनलाई कानुन बमोजिम कार्वाही तथा जरिवाना गर्दै आएको हो ।
धनगढीको ६ लेन सडकमा चेकजाच गर्दै जादा सुदूरपश्चिमको पहाडी जिल्लामा जाने हायस गाडीमा यात्रु क्षेमता भन्दा वढी सिट राख्ने सवारी साधनलाई कार्वाहीको दायारामा ल्याएको र मोटरसाईकलमा साईलेन्सर चेन्ज गरेर ध्वनी प्रदुषण गर्ने सवारीसाधनलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख चक्र बहादुर देउवाले बताए ।
कम्पनीवाटनै ओर्जिनल रुपमा बनेर आएका मोटरसाईकलाई मोडिफाई गरेर ध्वानी प्रदुुषण गर्ने लगाएतका कार्यहरु गरेको पाईएको छ, हामी खोजी गरिरहेका छौ, कार्वाही गछौ भन्दै देउवाले भने
धनगढीमा ट्राफिक नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने उनले बताए ।
पछिल्लो समय धनगढीमा ट्राफिक प्रमुखको रुपमा आएका देउवाले सक्रियता वढाए संगै सवारी दुर्घटनाको जोखिम कम भएको स्थानियहरुले बताएका छन् । सवारी चालकहरुलाई प्रत्येक हप्ताको शुक्रवार सडकमा नियम उल्लघन गरेर कार्वाहीमा परेका चालकहरुलाई अनिवार्य सवारी सम्बन्धि कक्षा लिनु पर्ने व्यवस्था गरिएको जनाईएको छ ।