बुधबार, जेष्ठ १, २०८२

धनगढी नाममात्रैको सुशासन सूचना अधिकारीनै पाउँदैनन आवश्यक सूचना

शेरबहादुर ऐर
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाका सूचना अधिकारीनै विषयगत शाखा र महाशाखाबाट सूचना पाउन सकस बनेको छ ।
विभिन्न शाखा र महाशाखाले आवश्यक जानकारी नदिँदा उनी नाममात्रैको सूचना अधिकारी बन्न पुगेका छन ।

यस दैनिकले धनगढी उपमहानगरपालिकाका विभिन्न शाखाहरुले गरेका गतिविधिबारे खोज अनुसन्धानसहित केही महाशाखा प्रमुखहरुसंग फोनवार्ता तथा भेटघाट गरि कुराकानी गर्न खोज्दा सूूचनाको हक प्र्रयोग गर्न प्र्रतिक्रिया दिए । सोही अनुसार चैत १३ गते विभिन्न महाशाखासंग सम्बन्धित सूचनाको हकमा टेकेर निवेदन दर्ता गरियो । निवेदन दर्ता भएको १५ दिनसम्म पनि आवश्यक जानकारी नपाएपछि प्रमुख प्र्रशासकिय अधिकृत नरेन्द्र खतिलाई सम्बोधन गदै चैत ३१ गते सात दिने निवेदन दर्ता भयो तर, निवेदनको सुनुवाई भएन ।

आइतबार सूचना आयोगलाई सूचना उपलब्ध गराइदिन आदेशसहितको जाहेरी दर्ता भएको छ । आयोगलाई सम्बोधन गर्दै दिइएको जाहेरीमा विभिन्न महाशाखाकै कुराहरु उल्लेख छ ।
महाशाखा र शाखाबाट सूचना नमिलेपछि सूचना अधिकारी कार्कीले भने –‘मैले घरबाट ल्याएर सूचना दिने होइन । शाखा महाशाखाहरुले उपलब्ध गराए दिन सक्ने त हो । तर, शाखा र महाशाखाबाट पुग्न सकेको छैन ।’
शुसासन र पारदर्शीतालाई प्राथमिकता दिने भन्दै निर्वाचित नगर प्रमुख गोपाल हमालले आफुले चर्चा बटुल्न गतिविधि आफै आफनो फेसबुक पेजमा राख्छन । तर, आर्थिक अनियमितता, जनताबाट आउने आलोचना लगायतका कुराहरु सुन्न चाहदैनन । कुनै महाशाखा र शाखाबाट त्यस्तो कुराहरु सार्वजनिक भए कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउँछन । जसका कारण शाखा महाशाखाबाट सञ्चारकर्मीहरुलाई जानकारी लिन अप्ठयारो रहेको छ ।

‘धेरै जनाले मलाई सोधे तपाईको जवाफ किन आएन भनेर ? सोधेपछि मैले क्रमश भनेकोले सबै एपिसोड सकिएपछि एक–एक कुराको जवाफ दिन्छु’ समाचारमा उनको आलोचनात्मक आलेक आएपछि बोलेको अभिव्यक्ति हो यो । उनले भनेका छन –‘यीनै व्यक्तिहरुले स्थानीय मतदानको ठिक दुई दिन अघि मेरो विषयमा एउटा भिडियो निकाल्नुभएको थियो । भिडियो निकालेर जनतामा भ्रम सृजना गर्न त्यो अस्त्र प्रयोग गर्न खोजियो तर, कुनै काम लागेन् ।’

नगर प्रमुख हमालको सार्वजनिक अभिव्यक्ति र धनगढीमा भइरहेको सामसामयिक विषयको चर्चाबिच कुनै मेल थिएन ।
नगर प्रमुख हमालले सञ्चारमाध्यमविरुद्ध अभिव्यक्ति दिएको यो पहिलो घटना होइन् । आफ्ना विषयमा आलोच्नात्मक समाचार सम्प्रेषण भयो भने सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै –‘भ्रममा नपर्न’ भन्दै आफुलाई सहि देखाउने प्रयास गर्दै आइरहेका छन् ।

दुई वर्षअघि आफनै छोरीका विषयमा धनगढीबाट प्रकाशन हुने सञ्चारमाध्यममा समाचार प्रकाशन हुँदा नगर प्रमुख हमालले सञ्चारमाध्यमकै नाम लिएर ‘तिन भाई’ को संज्ञा दिएका थिए ।
एक वर्षअघि जग्गा प्लटिङ्ग कार्यविधि कार्यपालिका बैठकमा छलफल नगरि रातारात राजपत्रमा प्रकाशन गरे । वडा अध्यक्ष र जनप्रतिनिधिहरुले विरोध गरेपछि नगर प्रमुख हमालले न त नगर सभा गरे न त कार्यपालिका बैठकनै बसाए । सोबिचमा उनी र उनी निकटहरुले सामाजिक सञ्जालमै जनप्रतिनिधिहरुलाई दोषी देखाउने प्रयास गरे । नगर प्रमुख हमालले ‘आफुलाई राजीनामा दिन बाँध्य पारेको भन्दै’ विभिन्न सञ्चारमाध्यमबाट सो समयमा समाचार प्रकाशन गराएका थिए ।

जग्गा प्लटिङ्गकै विवाद नमिलेपछि एक वर्षअघि नगर प्रमुख हमालले आफुलाई असहयोग भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिए । ‘कार्यपालिका बैठकमा दुई महिनादेखि कोही सहभागि भइदिदैनन् । कोबाट कहिले कसरी असहयोग भयो भन्नेबारे विस्तृत मलाई कार्यालय समयमा सम्पर्क गर्नुहोला जानकारी दिन्छु’ सो समयमा उनले दिएको प्रतिक्रिया हो यो । उनले कार्यपालिका सदस्यबाट असहयोग भएको प्रतिक्रिया दिएपनि बैशाख ३१ गते कार्यपालिका बैठक बसेको थियो । सो बैठकले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी सामाजिक परिचालकलाई दिने र धनगढीमा सञ्चालित स्वास्थ्य संस्थालाई दर्ता तथा नविकरण गर्नेबारे निर्णय गरेको थियो ।

ad_wide