बुधबार, जेष्ठ १, २०८२

धनगढी र डडेल्धुराका आगलागि पीडितलाई यथाशिघ्र राहात देउः पूर्वमन्त्री देउवा

धनगढी– नेपाली काँग्रेसका प्रदेश सभा सदस्य तथा पूर्व भौतिक मन्त्री प्रकाश देउवाले धनगढी र डडेल्धुरामा आगलागिबाट क्षतिपुर्ति व्यहोरेका व्यवसायीलाई प्रदेश सरकारले यथाशिघ्र राहात दिनुपर्ने बताएका छन ।
बिहिबार धनगढीका आगलागि पीडितले उनको ध्यानाकर्षण गराउन बुझाएको पत्र हेर्दै उनले भने –‘धनगढी र डडेल्धुराका आगलागि तथा अछामको बन्नगढीको आगलागिबाट व्यवसायीहरुले क्षति व्यहोरेका छन । तर, प्रदेश सरकारले विभेद नगरि सम्मान रुपले राहात वितरण गर्नुपर्छ ।’
उनले धनगढीका आगलागि पीडित व्यवसायीहरुको माग सम्बोधन गराउन आफु लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने –‘संघ र प्रदेश सरकारलाई पीडितहरुले राहात पाउनुपर्छ भनेर मैले बेला–बेला मुख्यमन्त्री र मन्त्रीहरुलाई ध्यानाकर्षण गराइरहेको छु । अझ कहाँ भनेर हुन्छ । म सहयोग गर्ने छु ।’
एकै प्रवृतिको घटनामा सरकारले विभेद गरेपछि धनगढीकामात्र नभई विभिन्न जिल्लामा भएको आगलागीका कारण क्षति व्यहोरेका व्यवसायीहरु निरास देखिएका छन । प्रदेश सरकारले कानुनतः दिन नमिल्ने भनेपछि शान्त भएका उनीहरु अहिले बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गरिएको निर्णयले आफुहरुमाथि विभेद भएको दुखेसो पोख्छन ।
२०८० साल मंसिर १ गते सारथी अस्पतालसहित १० व्यवसायीहरुले क्षति व्यहोर्नु परेको थियो भने २०८० पुस १ गते डडेल्धुराको मुख्य बजारमा आगलागी भएपछि व्यवसायीहरुले क्षति व्यहोरेका थिए ।
डडेल्धुराको बागबजारमा भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।
धनगढीको मुख्य बजारमा भएको आगलागीबाट १४ करोड बढीको क्षति व्यहोरेका थिए । सारथी अस्पतालको पाँच करोड ५० लाख, भण्डारी सु–सेन्टरमा चार करोड २५ लाख र ५० लाख गरि चार करोड ७५, भट्ट सपिङले एक करोड ३० लाख, जसमा मधुमाला वेबी क्लेक्सनको ६० लाख, सुदिक्षा बेबी सपको एक करोड २० लाख र सुभिक्षा बेबी क्लेक्सनको ९५ लाख क्षति भएको थियो ।

ad_wide