धनगढी - धनगढीकाे शहिद गेटमा रहेकाे एउटा माेबाइल पसलमा आगलागी भएकाे छ ।
सहिद गेटमा रहेकाे समीर माेबाईल पसलमा आगलागी भएको हाे । मोबाइल पसलबाट सुरु भएको आगलागीबाट छेउछाउका पसलहरूमा समेत क्षति भएको छ। अहिले प्रहरीको निरन्तर प्रयासपछि दमकलकाे सहायताले आगाे नियन्त्रणमा आइसकेको छ ।
आगाे निभाउन धनगढी उपमहानगरपालिकाका दुई वटा दमकल प्रयाेग गरिएकाे र अहिले आगलागी पूर्ण रुपमा नियन्त्रण भइसकेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन भने बाँकी रहेको छ।