धनगढी ३ बाट सत्तरी लिटर घरेलु मदिरा बरामद

शान्ती प्रसाद जोशी धनगढी- धनगढीको चौराह प्रहरी पोष्टले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । धनगढीको वडा नं. ३ को वडहरा, मित्रनगर मार्ग क्षेत्र र रिङ्ग रोड क्षेत्रका विभिन्न होटल, पसल वाट ७० लिटर घरेलु मदिरा बदामद गरी नष्ट गरेको हो ।

धनगढी उपमहानगर पालिकाको वडा नं. ३ वडहरा क्षेत्रमा कञ्चनपुर वाट ल्याईएको मदिरा ७० लिटर बरामद गरी नष्ट गर्न लागेको विशालनगर प्रहरी पोष्टका प्रहरी साहयक निरिक्षक भुपेन्द्र बहादुर शाहीले बताए ।स्थानिय जनप्रतिनिधि, स्थानिय बासिन्दाको रहोबरमा मदिरा नष्ट गरेको उनले जानकारी दिए ।

कञ्चनपुर वाट घरेलु मदिरा कैलालीमा भित्रिने क्रममा बरामद गरी नष्ट गरेको वडा सदस्य मिना मल्ल सिंह बताईन् । घरेलु मदिरा सेवन गर्न स्वास्थयका लागि अत्यन्तै घातक भएको र यसमा युरीया लगाएतका अखाद्य बस्तु मिसाईने हुनाले प्रयोग गर्न नहुने उनको भनाई छ । आज मात्रै भन्सार छलीका सामान सुपरपावर सुर्तीजन्य पदार्थहरु ४६ पोका बरामद गरिएको पोष्टका इन्चार्ज शाहीले बताए । चौराहको कमाण्ड प्रहरी साहयक निरिक्षक भुपेन्द्र शाहीले समाले पछि उक्त क्षेत्रको शान्ति र सुरक्षा राम्रो भएको त्यहाँका स्थानिय अनिल शार्माले बताए ।

घरेलु मदिरा सेवनले स्वास्थ्यमा नकरात्मक असर गर्ने र अखाद्य बस्तु मिसायर बनाएको मदिराले ज्यानै सम्म लिन सक्ने खतरा रहेको चिकित्सकहरुले सुझाएका छन् ।

ad_wide