बुधबार, जेष्ठ १, २०८२

धनगढी ३ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु

धनगढी –
धनगढी उपमहानगरपालिको वडा नं. ३ मा बुधवार देखि राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम सुभारम्भ गरिएको छ । वडाको जनता आधारभुत विध्यालयमा खिचिएका परिचय पत्र आजवाट वितरण गर्न लागिएको हो ।
वडा अध्यक्ष राज बहादुर ऐरले आहिले सम्म परिचय पत्र वडावासिले नपाएको जनगुनासो रहेको थियो, जिल्ला प्रसाशन कार्यालय कैलालीले पठाए अनुशार आज वाट परिचय पत्र वितरण गर्न लागिएको बताए ।

सिस्टमको कारणले एक जना व्यक्तिले फिङ्गर प्रिन्ट लिने हुदा समय लाग्ने उनले बताउदै उनले सि, वि, जि र एच वाट आउने नाम सुरु हुने महानुभावहरुको प्रविधिक कारणले आउन ढिलो हुने उनले बताए ।
अहिले जनता आधारभुत विध्यालयमा खिचिएको परिचय पत्रहरु मात्र वितरण गर्न लागिएको उनले बताए ।

आज पहिलो दिन भएकाले धेरै व्यवस्थापन गर्न सकिएको छैन । ज्येष्ठ नागरिक, अपाङ्ग नागरिक र गर्भवति महिला, सुतकेरी महिलाहरुलाई प्राथमिक्ता दिने र भोलि वाट थप व्यवस्थापनका साथ परिचय पत्र वितरण गर्ने वडा अध्यक्ष ऐरले जानकारी दिए ।

ad_wide