रोशन थापा धनगढी- धनगढीमा नशासम्बन्धी प्राकृतिक उपचार गर्ने उद्देश्यले दीर्घायु प्राकृतिक उपचार केन्द्र सञ्चालनमा आएको छ। पछिल्लो समय नसासम्बन्धी रोगका बिरामीहरू बढ्दै गएको अवस्थामा उपचार झन्झटिलो खर्चिलो र उपचारपछि अन्य समस्या बल्झिरहेको अवस्थामा सो समस्याको समाधान बिना साइड इफेक्ट गर्ने उद्देश्यले सो प्राकृतिक उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो।
धेरै रोगहरूको उपचार प्राकृतिक तथा घरेलु रूपमा हुने गरेको र आफूले लामो समयदेखि सो क्षेत्रमा काम गरेकोले धेरै ज्ञान बटुलेर नसा सम्बन्धी रोगहरुलाई अन्य कुनै प्रभाव बिना सफल उपचार गर्न सकिने थेरापिस्ट डाक्टर गोविन्दराज जोशीले बताए । मानव जीवनसँगै उत्पत्ति भएको प्राकृतिक उपचार पद्धति पुरानो पद्धति रहेको र यसले उपचार सम्भव रहेको आफूले अनुभव गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य डम्बरनाथ जोशीले बताए ।
आफू लामो समयदेखि नशासम्बन्धी समस्याले ग्रसित भएको र धेरै उपचार पश्चात पनि सन्चो नहुँदा प्राकृतिक उपचार सुरु गरेदेखि आफूलाई सन्चो भएको र त्यो प्राकृतिक उपचारले अन्य कुनै समस्या नगर्ने हुँदा आफूले अरुले पनि यो सेवा पाउन भन्ने उद्देश्यले दीर्घायु प्राकृतिक उपचार केन्द्रमा लगानी गरेको प्राकृतिक उपचार केन्द्रका लगानी कर्ता केशवराज जोशीले बताए ।