नागरिकता विवादमा रहेका सिरोहियालाई जनकपुर बाट काठमाडौँ लैजाने तयारी

काठमाडौँ । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुुरुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ लैजाने तयारी गरिएको छ ।

जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर जनकपुरको अस्पतालबाटै काठमाडौँ लैजाने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले बताए ।‘ पछिल्लो पटक जिल्ला अदालतले उनलाई सोमबार तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ लैजान लागिएको हो ।

परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए । जिल्ला अदालतले उनलाई तीन पटक तीन÷तीन दिन म्याद थप गरेको थियो । सिरोहियालाई काठमाडौँ ल्याउनका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ ल्याइने परिवारले जनाएको छ । उनलाई काठमाडौँको कुनै अस्पतालमा राखिने परिवारको दाबी छ ।

ad_wide