धनगढी– व्यवसायिक नाप तौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमतिपत्र लिनु पर्ने, त्यस्ता यन्त्रहरु विक्री वितरण गर्न, मर्मत गर्न तथा सेवा प्रदान गर्दै आएको छ गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालयहरु । तर, तीनै कार्यालयका प्रमुख स्थानीय व्यवसायीसंग मिलेर राजश्व छलीमा संलग्न भएको पाइएको छ ।
धनगढी वडा नम्बर ३ स्थित वि।एण्ड एस। ट्रेड लिंकसंग मिलेर कार्यालयका प्रमुख शम्भु आचार्यले कर छलीमा सहयोग गरेको स्पष्ट देखिन्छ । हामीसंग प्राप्त कागजपत्रका अनुसार कार्यालयका प्रमुख आचार्यको सहयोगमा ती व्यवसायले राजश्व छली गरि लाभ लिइरहका छन् ।
व्यवसायीले सुनचाँदी तथा अन्य सामान जाँच गर्ने उपकरण इजे–बि मोडल विक्री गर्दा उपकरणमा पर्ने पूर्ण रकम लिने गरेको तर, खरिदकर्त कम मूल्य राखी बिल विजक जारी गर्दै आएका छन । खरिदकर्ता उपकरण खरिद गरेपछि सो उपकरणको गुणस्तर परिक्षण, इजाजतपत्र सोही कार्यालयले दिने गर्छ । सो कार्यालयबाट प्रमाणीत कागजपत्रकै आधारमा खरिदकर्ताले आन्तरिक राजश्व कार्यालयमा देखाउने पर्ने हुन्छ । सो मोडलका उपकरण खरिदकर्तालाई व्यापारीले चार हजार आठ सय सम्मको बिल विजक जारी गर्ने गरेको पाईएको छ । २० हजारदेखि २१ हजारसम्म मूल्यमा विक्री गर्दै आएका ति व्यापारीले खरिदकर्तालाई खरिद रकमबराबरको बिलविजक जारी गर्ने गरेको छ ।
यसरी राजश्व छली भइरहेको जानकार कार्यालय प्रमुख भने राजश्व विषयमा आफ्नो कार्यालयले नहेर्ने बताए । उनले भने –‘उपकरण खरिदकर्ताले बिल विजक दिन्छन । सोही आधारमा हामी इजाजतपत्र जारी गर्दछौं । त्यो उपकरणको मूल्य कति हो र कतिमा बिल विजक जारी भयो भन्ने हेर्ने निकाय हाम्रो होइन ।’ उनले उपकरण ठिक भए नभएको हेर्ने निकाय आफनो भएको बताउँदै –‘हाम्रो कार्यालय बिलसंग सम्बन्धित होइन । हामीले विल हेर्ने हो । त्यसको मूल्य हेर्ने होइन । मूल्य हेर्ने अधिकार हामीसंग छैन ।’ उनले हरेक कार्यालयलाई आ–आफनो अधिकार क्षेत्र रहेको भन्दै सो व्यापारीको संरक्षण गरे ।
