सनराईज टिभि न्युज
कैलारी गाँउपालीकामा स्थापीत बि.एफ.सी. क्लब ले ११५ औं अन्तिराष्ट्रिय नारि दिवसको पूर्व सन्ध्यामा कैलारी गाँउपालिको हसुलिया बजार क्षेत्रमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरेकोछ । ”सबै महिला तथा बालबालिकाकोलागिः अधिकार, समानता र सशक्तीकरण“ भन्ने मुल नाराका साथ देशै भरि ११५औं नारि दिवस मनाउदै गर्दा कैलारिका बैक, वित्तिय र सहकारीको हितमा स्थापित बि.एफ.सी क्लबले शुक्रवार ”हाम्रो पहिचान । सरसफाई अभियान“ भन्ने मुल नाराका साथ सरसफाई अभियान कार्यक्रमको थालनी गरेको छ ।
स्वस्थ जिवनका लागि स्वस्थ वातावरणको आवश्यकता पर्ने हुन्छ त्यसैले जिवन स्वस्थ राख्न सरसफाई ध्यान दिनु पर्छ र सोको थालनी पनि आफैबाट गर्छौं भन्ने मुल ध्ययलेका साथ बि।एफ.सी. सरसफाई कार्यक्रमकोृेआयोजना गरेको बताउदै क्लबका अध्यक्ष युव राज जोशीले उपस्थित सम्पुर्ण बि।एफ।सी क्लबका सल्लाहाका्ज्य्र। पदाधिकारी एवं सदस्यज्युहरु र वित्त संस्थाका प्रतिनिधिज्यूहरु एव. सामाजिक तथा बजारका महानुभालाई धन्यवाद व्यक्त गर्न्ु भयो भने संस्था कि महिला उपाध्यक्ष कौशि बोहराले यो कार्यक्रम अनि नै राम्रो हो यसलाई हामि निरन्तरता दिनु पर्छ र सम्वन्धीत निकायको पनि ध्यान जावस भन्दै आफ्ना भनाई राख्नु भएको थियो । कार्मक्रममा कैलारी गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष सन्तराम चौधरी, गाँउपालिकाका सुचना अधिकारी एगम कलेल, स्वास्थ्य शाखाका प्रमुख नरेश चौधरी, व्यवसायी, समाजसेवी र बुद्धिजिवीकोको उल्लेखनीय उपस्थिती रहेको थियो । गाँउपालिकाको कार्यालय बाट सुरुभएको सरसफाई कार्यक्रम हुलाकि सडक हुदै पुनः गाँउपालिकोको अगाढी कोण सभा गरेर सम्पन्न भएको थियो ।