सनराईज टिभि न्युज धनगढी – नेपाली काँग्रेसका पुर्व उपसभापति गोपालमान श्रेष्ठले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुने अवस्था नदेखिएपछि संविधान संशोधन गर्नुपर्ने अबस्था आएको बताए ।
उनले बर्तमान निर्वाचन प्रणाली सच्याउनका लागि पनि संविधान शंसोधन आवश्यक रहेको बताएका छनु् । बिहिवार धनगढीमा आयोजित कार्यक्रता भेटघाट कार्यक्रममा पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले प्रत्येक्ष निर्वाचनमा दलित, महिलाले चुनाव लडने वातावरण बनाउनका लागि संबिधानमै ब्यबस्था गर्नुपर्ने भनाई राखे । उनले२०८४ को चुनावमा नेपाली काँग्रेसले एकल प्रतिस्पर्धा गर्ने बताउँदै चौरासी सालको चुनावमा देशभरका धेरैले अवसर पाउने बताए ।
उनले २०८४ को निर्वाचनमा एमाले संगै मैत्रीपुर्ण प्रतिस्पर्धा हुने बताउदै पार्टिमा अनुशासनको कार्वाही नहुदा अराजकता मौलाएको बताए । उहाँले चुनावमा अन्तरघात गर्नेलाई कार्वाही गर्नुपर्ने त्यस पछि मात्रै संगठन बलियो हुने उनले धारण राखे । पुर्व उपसभापति श्रेष्ठले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन २०८२ मा नहुने संकेत गर्दै २०८३ मा हुनेमा ढुक्क हुन आग्रह समेत गरेका छन् ।