नेकपा माओवादीको तेस्रो चुरे गाउँपालिका सम्मेलन सम्पन्न

धनगढी- नेकपा माओवादी केन्द्रको तेस्रो चुरे गाउँपालिका सम्मेलन सम्पन्न भएको छ ।

हिजो हर्क नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नेपबहादुर चौधरी( सिंहराज) प्रमुख आतिथि रहेका थिए । उक्त सम्मेलन बाट ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।

उक्त सम्मेलन बाट मोहन ठाडा मगर अध्यक्ष पदमा चयन भएका छन भने भोज बम, खेम साउद र गोपाल धामी, उपाध्यक्ष पदमा चयन भएका हुन सचीव पदमा भने पुष्कर आचार्य चयन भएका हुन त्यस्तै सह सचिव मा नर बहादुर बिक रहेका छन । कोषाध्यक्षमा राधिका साउदलाई चयन गरिएको छ ।

ad_wide