काठमाडौँ . नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुुने जमनकारी प्राप्त भएको छ।
अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्षका रूपमा चिनिन्छन्। अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघातबाट निधन भएको थियो। एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै कार्यकालमा वृद्ध भत्ता, सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ जस्ता अभियान सुरु भएका थिए।