नेपालमै पहिलो पटक विश्व हिन्दु परिषद् नेपालले गर्यो धनगढीमा रामायण कक्षा परीक्षा सम्पन्न 

धनगढी - नेपालमै पहिलोपटक विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेश समितिले कैलालीमा रामायण कक्षा परीक्षा सम्पन्न गरेको छ।

पछिल्लो समय संस्कार तथा नैतिक शिक्षाको अभाव हुँदै गरेको अवस्थामा विश्व हिन्दु परिषद्ले समाजिक कार्य अन्तर्गत उक्त कार्यको थालनी गरेको थियो। जसको आज २६ हप्ताको पढाइपछि परीक्षा गरी प्रथम द्वितीय र सान्त्वना पुरस्कार प्रदान गरेर कार्यक्रम सम्पन्न गरेको छ । आज संस्कृति तथा संस्कारको संगम चैतन्य पाठशालामा आयोजना भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेश सम्भाहक अध्यक्ष महेन्द्रराज पन्त सभापति रहेका थिए भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा कैलाली र कञ्चनपुरका छवटा विद्यालयका १७१ जना विद्यार्थीको सहभागिता रहेको थियो। रामायण कक्षा परीक्षामा धनगढीको चैतन्य पाठशाला धनगढीकै पशुपति शिक्षा मन्दिर निङ्ला सैनी गुरुकुल गोदावरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको महाकाली नमुना माध्यमिक विद्यालय र वसन्तपुर गरी छवटा विद्यालयको सहभागिता रहेको विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिले जनाएको छ। सहभागी विद्यार्थीहरूमध्ये निङ्गलासैनि गुरुकुल बाट सहभागिता जनाएका विद्यार्थी सन्ताेष ओझाले ८६.५ % का साथमा प्रथम भएका छन् भने पशुपति शिक्षामन्दिर भानुचाेकबाट सहभागी भएका विद्यार्थी याेगेश भट्ट ८६% का साथमा द्वितीय भएका हुन् । त्यस्तै परीक्षामा सहभागी २० जनालाई सान्त्वना पुरुस्कार बितरणगरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले । नेपाल सरकारले आयोजना गर्नुपर्ने कक्षाहरूलाई विश्व हिन्दु परिषद् नेपालले आयोजना गरेकोमा आफूलाई खुसी लागेको र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान यसका लागि सदैव तयार रहेको साथै धनगढी तथा अन्य ठाउँका विद्यालयहरूमा यस्ता कक्षाहरू सञ्चालन गर्न सहकार्य गर्ने बताएका छन्।

त्यस्तै कार्यक्रमको समापनमा बोल्दै विश्व हिन्दु परिषद् नेपाल सुदूरपश्चिम प्रदेश संवाहक अध्यक्ष महेन्द्र राज पन्तले पछिल्लो समय बढ्दै गएको बेथिति बेसंगतिको मुख्य उद्देश्य भनेकै नैतिक शिक्षाको अभाव भएको र रामायण शिक्षाको नामबाट नैतिक शिक्षा समाजलाई प्रदान गर्ने उद्देश्यले योग कक्षाको सुरुवात गरिएको र यो नेपालकै हकमा पहिलोचोटि भएको बताएका छन् । आगामी दिनमा यस्ता कक्षाहरूलाई निरन्तरता दिन सरकारी तथा गैरसरकारी पक्षबाट समेत साथ सहयोगको आशा गरेको उनले व्यक्त गरेका छन्।

ad_wide