नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौं- नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । अन्य कुनै पनि नेपाली ब्याटरले सम्झन लायक प्रदर्शन गरेनन् । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए । नेपालको सुरुवात नै सम्झन लायक थिएन । तीव्र गतिका बलर जुनैद सिद्दिकीको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे । कुशललाई पहिलो बलमै गुमाएपछि अन्य नेपाली ब्याटर खुलेर खेल्न सकेनन् । तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख एलबीडब्लू आउट हुन पुगे । आसिफ आउट हुँदा नेपाल ३।३ ओभरमा ११र२ को अवस्थामा पुगेको थियो । कप्तान रोहित पौडेल १८ बलमा ५ रनमा क्याच आउट भए । अली नासिरको बाउन्सर बलमा उनी विकेट किपरबाट क्याच आउट भएका थिए । कुशल मल्ललाई बासिल हामिदले बोल्ड गरेपछि नेपाल ९।१ ओभरमा ५०र४ को अवस्थामा पुगेको थियो । त्यसपछि सन्दीप जोरा र दीपेन्द्रले छैटौं विकेटका लागि २५ रनको साझेदारी गरेका थिए । दीपेन्द्र १४ औं ओभरको दोस्रो बलमा आयन खानको बलमा एलबीडब्लु आउट भएपछि नेपालको ठूलो योगफलको आशा पनि सकिएको थियो । तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ रन बनाए । गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए । युएईका जुनैद सिद्दिकी, बासिल हामिद र अली नासिरले २र२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १र१ विकेट लिए ।
ad_wide