धनगढी– नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलन धनगढीमा हुने भएको छ ।
आइतबार बसेको समितिको बैठकले प्रथम सम्मेलन धनगढीमा यहि २६ गते गर्ने निर्णय गरेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
‘यहि २६ गते प्रथम सम्मेलन गरिनुका साथै २७ र २८ गते प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम गरिने छ’ उनले भने ।
काग्रेसको प्रदेश सम्मेलनमा केन्द्रिय शिर्ष नेता, पदाधिकारी, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, केन्द्रिय प्रतिनिधि, प्रदेश र जिल्ला प्रतिनिधि लगायतको सहभागिता रहने छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहेका बलायरले प्रचण्डले सत्ताबाट बाहिरिएको पिडामा सत्तारुढ दलहरुप्रति आरोप प्रत्यारोप लगाइरहेको बताए । उनले भने –‘प्रचण्डलाई अहिले ल्याइएको व्यवस्थाप्रति असन्तुष्टि होइन् । यो व्यवस्थामा कुनै समस्या छैन् । तर, सत्ता गुमाउनुपरेको पिडा उनमा रहेको छ ।’
नेता बलायरले प्रचण्डकै कारण उनी निकट भएका नेताहरु टाढिन पुगेको बताउँदै –‘बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, विप्लव सि, लेखराज भट्ट जस्ता उनी निकट नेताहरु उनकै व्यवहारका कारण असन्तुष्ट भई फरक पार्टी खोल्न र फरक पार्टीमा जान बाँध्य भए ।’ उनले आवश्यकता अनुसार सरकारले संविधान संशोधन गर्ने बताए ।