नेपाली कांगेसका नगर सभापति मृत अवस्थामा फेला

कञ्चनपुर - नेपाली कांगेसका नगर सभापति मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी शनिबार बिहान मृत भेटिएका हुन् ।

कलौनी भीमदत्त नगरपालिकाको-१८ को वडा कार्यालयबाट सय मिटर पश्चिमतिर सडक पेटीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । ‘शरीरमा घाउ चोट केही पनि छैन,’ उनले भने, 'अनुसन्धान सुरु गरेका छौं ।'

कलौनीको घर पनि सोही क्षेत्रमा हो । उनको घर घटनास्थलबाट ५ सय मिटरको दुरीमा छ ।

ad_wide