सनराईज टिभिन्युज, धनगढी – नेपाल बुद्धिजीवी परिषद् कैलालीको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रकाश छेडाललाई अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत रुपमा चयन गरेको छ ।
यसै गरि उपाध्यक्षमा डिल्लीराज बिनाडी, सचिवमा एकेन्द्र भण्डारी, उप-सचिवमा जुहारीलाल चौधरी र कोषाध्यक्षमा लक्ष्मी महारा सहित अन्य सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन् ।
जिल्ला अध्यक्ष प्रकाश छेडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य तथा शिक्षा विभाग उप-प्रमुख झंकर विष्ट प्रमुख अतिथी रहनुभएको थियो । यसैगरि अधिवेशनमा ने.क.पा.(एमाले) कैलाली जिल्ला उपाध्यक्ष लोकेन्द्र शाही, रिटर्नी फेडेरेसनका सुप प्रदेश सचिव हुकुम बोहरा लगायको सहभागिता रहेको थियो ।