न्युयोर्क बाट आँखा नसन्काउनुस्, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु- रवि लामिछाने

धनगढी -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्रीलाई इङ्गित गर्दै स्टाटस लेखेका छन् ।

आज गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री लामिछानेको नाममा पनि पक्राउ पुर्जी जारी भएपछि पार्टी कार्यालयमा कार्यकर्ता तथा पत्रकारहरू उपस्थित भएका थिए । उपस्थित पत्रकार तथा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूले कुनै पनि गल्ती नगरेको र बिना गल्ती लगाइएको दोषको आफू जिम्मेवार नहुने अभिव्यक्ति दिएका थिए।

हजारौँको सङ्ख्यामा उपस्थित कार्यकर्ता तथा पत्रकारहरूसँग सभापति लामिछानेले आफ्नो दोष नहुँदा नहुँदै पनि सरकारले सहकारी पीडितलाई न्याय दिनुको साटो आफूलाई पक्राउ गर्न खोजेको र यो कार्य शोभनीय नभएको अभिव्यक्ति दिएका थिए । साथै लामिछानेले सरकारले जारी गरेको पक्राउ पुर्जी फिर्ता नलिएमा देशभरिबाट जनलहर उत्रिने र सरकारको गलत निर्णयको भण्डाफोर गर्ने समेत बताएका थिए।

पार्टी कार्यालयको बैठक सकाएपछि उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै स्टाटस लेखेका छन्। उनले लेखेका छन् न्युयोर्क बाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस्, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि... अहिले सरकार पक्ष राष्ट्रिय स्वतन्त्र पार्टीबीच दोहोरो भिडन्त जस्तै चलिरहेको छ।

ad_wide