पछिल्लो समय जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै संजीवनी अस्पतालले गर्याे सफल उपचार

धनगढी- पछिल्लो समय कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै गएको छ । बिभिन्न भाइरल रोगको संक्रमण बढ्दै गएको अवस्थामा जापानिज इन्सेफलाइटिसको संक्रमण तिर्व रुपमा फैलिएको संजीवनी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरीले बताए ।

यो रोग देखिएका बिरामीको धनगढी संजीवनी अस्पतालले सफल उपचार गर्न सफल भएको छ। धनगढी राष्ट्र बैंक चोकमा रहेको अस्पतालमा धनगढीकै मनेहराबाट १९ बर्षका एक जना बिरामी अस्पताल पुगेका थिए। उनी अस्पतालमा पुग्दा उच्च ज्वरो र अचेत अवस्थामा थिए र डाक्टरको सल्लाह अनुसार आइसियुमा राखेर उपचार पश्चात क्रमश सुधार हुदँै उनलाई सन्चो भएको छ ।

आफ्नो छोरालाइ यो रोग लागे पश्चात् हिँड्न,बस्न र बोल्न समेत नसक्ने भएको र धनगढीको संजीवनी अस्पतालमा पुगेपछि आफ्नो छोरालाई सन्चो भएको बिरामीका बुवा केशर रानाले बताए । छोरा कामको सिलशिलामा बाहिर गएको र हिड्न र बस्न समेत नसक्ने अवस्थामा घर फर्के पछी अस्पताल ल्याएको र आज सन्चो भएर छोरालाई घर लैजान लागेको उनका बुवाले बताए ।

जापानिज इन्सेफलाइटिस एक प्रकारको मस्तिकको सुजन हुने भाइरल रोग भएको र क्युलेक्स प्रजातीको लाम्खुट्टे को टोकाइबाट सर्ने गर्दछ । यो रोग लागेका बिरामीको ३० प्रतिशत सम्म मृत्यु हुने गरेको छ । पछिल्लो समय विभिन्न सरकारि तथा निजि अस्पतालहरूमा यस रोगका बिरामीहरू बढ्दै गएको र हालसम्मको अवस्थामा नेपाल भर ७० जना बिरामी संक्रमित देखिएको र संक्रमित मध्ये १८ जनाको मृत्यु भएको त्यसैगरी कैलाली जिल्लामा ८ जना बिरामी संक्रमित देखिएको र संक्रमित मध्ये ३ जनाको मृत्यु भएको कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरीले बताए ।

जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण भएमा सामान्य लक्षण देखी जटिल प्रकारको लक्षण हुन्छ। सामान्य लक्षण अन्तरगत ज्वरो आउने, टाउको दुख्ने,शरीर गल्ने हुन्छ भने जटिल प्रकारका लक्षणहरु उच्च ज्वरो, टाउको दुख्ने, वान्ता हुने र अन्य न्युरोलोजिकल लक्षण जस्तै होस हराउने,मिर्गी आउने ,प्यारालाइसिस हुने तथा कोमामा जाने हुन्छ ।

यस रोगको विशेष एन्टीवाइटिक औषधि नभएको हुँदा सामान्य लक्षण भएका बिरामीले प्रशस्त झोलिलो खानेकुरा र सिटामोल खाई आराम गर्नुपर्दछ। जटिल अवस्थामा भएका बिरामीलाई रोग को पहिचान गरि अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्दछ। यस रोगको सङ्क्रमण बाट बच्नका लागि जापानिज इन्सेफलाइटिस खोप लगाउनु पर्छ र क्युलेक्स प्रजातिका लाम्खुट्टे को टोकाइबाट सुरक्षित हुनु नै मुख्य उपाय भएको ड. चौधरीले बताए ।

ad_wide