पञ्चोदय मा.वि. बाट सुरु भयो निसर्ग अस्पतालको मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम

धनगढी- धनगढीमा रहेको निसर्ग अस्पतालले विद्यालय स्तरीय मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम सुरु गरेको छ।

अस्पतालले मानसिक स्वास्थ्य सम्बन्धी विद्यालयमा पढ्ने विद्यार्थीलाई सचेत बनाउनका लागि यो कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ। विद्यालय स्तरीय मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम आज धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट सुरु गरिएको र अन्य विद्यालयमा समेत उक्त कार्यक्रम सञ्चालन गरिने अस्पताल स्रोतले जनाएको छ।

आज पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूलाई सहभागी गराएर कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रमले विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यबारे जानकारी र मानसिक रुपमा स्वस्थ रहन के के गर्नुपर्छ भन्ने बारेमा साथै मानसिक समस्याको व्यवस्थापन कसरी गर्ने भन्ने बारे सिकाइएको र यो कार्यक्रमले विद्यार्थीको जीवनमा ठूलो प्रभाव पार्ने पञ्चोदय माध्यमिक विद्यालयका शिक्षक नवराज भट्टले बताए ।

पछिल्लो समयमा मानसिक समस्याका बिरामी बढ्दै गएको समयमा मानसिक स्वास्थ्य भनेको के हो र मानसिक समस्याको समाधान साथै मानसिक समस्यापछि कसरी बाँच्ने भन्ने उपायका बारेमा समेत विद्यार्थीसँग प्रत्यक्ष छलफल गरिएको र कार्यक्रममा विद्यार्थीको ठूलो सहभागिताले आफूलाई खुसी लागेको निसर्ग अस्पतालका मानसिक तथा नशारोग विशेषज्ञ डा प्रभात सापकोटाले बताए । कार्यक्रममा निसर्ग अस्पतालका मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौतले पनि मानसिक स्वास्थ्यबारे सचेत गराउनका साथै बाँच्ने उपायका बारेमा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए।

उक्त कार्यक्रममा अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर प्रभात सापकोटा अस्पतालका मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौत सूचना अधिकारी रोहित गिरी अस्पतालका अन्य कर्मचारी र विद्यालयका शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

ad_wide