धनगढी – कैलालीका पत्रकारले अहिले अहिले पत्रकारिताको अबस्था गम्भीर मोडमा पुगेको बताएका छन् । धनगढीका पत्रकार अगुवाले मानअधिकार, प्रेस स्वतन्त्रता, प्रेस हननका घटना बढ्न थालेको पेशा अहिले संकटमा आएको औल्याएका छन् । नेपाल पत्रकार महासंघ कैलाली शाखाले धनगढीमा आयोजना गरेको पत्रकारको सुरक्षाको ग्यारेन्टी र पत्रकारहरुले पत्रकारिता गर्दा अपनाउनुपर्ने आचार संहिताको विषयक छलफलमा समाजको ऐनाको रुपमा रहने पत्रकारिता जोगाउन सबै पक्ष लाग्नुपर्ने जोड दिएका छन् ।
छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्दीय सचिब बैकुन्ठ प्राजुलीले पत्रकारको सुरक्षा ग्योन्टीका लागि पत्रकार महासंघ सधै कटिबद्ध भएर लागि रहने बताए । जिल्लाका मिडियाहरुलाई बचाउन जिल्लाका स्थानीय निकायका बिज्ञापन जिल्लामा नै बितरणका लागि बिज्ञापन बोर्डसंग छलफल भएको र केही दिन भित्र निर्णय हुने उनले बताए ।
छलफलका क्रममा अग्रजपत्रकार मनमोहन स्वाँरले अहिलेको पत्रकारिता बिगतको जस्तो नभएको बताए । उनले हामीले प्रेसको बारेमा चुनौतीको बारेमा प्रविधिको जतिपनि कुराको निचोड के हो भने क्षमता भएअनुसार चुनौती स्पष्ट बुझौ र यस्को गहन अध्ययन छलफल गरेर समाधान गर्नतिर जानुपर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरेश पन्तले पत्रकारितालाई व्यबसायिक मर्यादित बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । सुदुरपश्चिम अध्यक्ष भरत शाहले पत्रकारकै कारण चुनौती थपिएको बताए ।
महासंघका पुर्व अध्यक्ष अर्जुन शाहले पत्रकारहरुले आचारसंहिता पालना नगरेर नै समाचार संप्रेषण गर्दा चुनौती थपिदै गएको बताए । त्यस्तै केन्द्रिय सदस्य सुरेश पन्तले पत्रकारको सुरक्षा ज्ञारेन्टीका लागी सरकारसंग महासंघ गभ्भिर भएर लागी रहेको बताए । कार्यक्रम नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रबण देउवाको अध्यक्षमा भएको थियो भने संचालन सहसचिव शंकर बोहराले गरेका थिए । कार्यक्रममा पत्रकारका बिभिन्न पेशागत संगठनहरुका प्रतिनिधि तथा अगुवा पत्रकारहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।