धनगढी- पत्रकार विबेक नागरी शुक्रबार राति मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन्। राति १० बजेतिर धनगढीको सहिद गेट नजिकै बिपरीत दिशाबाट आइरहेको अटोले उनलाई ठक्कर दिएको हो ।
विबेकको दायाँ हात, खुट्टा र छातिमा गम्भीर चोट लागेको उनको परिवारले बताएको छ। उनको अहिले धनगढीको हसनपुर स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने अटो रिक्साको खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारु मगरले जानकारी दिएका छन् । विबेक फोटो पत्रकार महासंघका केन्द्रीय सचिव र चलचित्र पत्रकार संघ कैलालीका उपाध्यक्ष समेत हुन् ।