पर्सा राष्ट्रिय निकुञ्जान सिकार गर्न गएका एक सिकारी सेनासहितको टोली बाट मारिए

धनगढी- पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा एक वन्यजन्तु सिकारी मारिएका छन् । निकुञ्ज सुरक्षाकर्मीसंग भएको दोहोरो झडपमा वन्यजन्तु सिकार गर्न पुगेका सिकारी मारिएका हुन् ।

आज बिहान करिब ८ बजेर १५ मा निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट भएको थियो । सो क्रममा दोहोरो झडप भएपछि वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

ad_wide