धनगढी - पशुकल्याण धनगढीको सहयोजकत्वमा कैलालीका विभिन्न ठाउँमा छाडा छोडिएका गाईवस्तुहरूलाई राख्नको लागि अस्थायी टहरा निर्माण गरिएको छ।
जाडो बढेसँगै शीतलहर बढ्दै गएको अवस्थामा सडकमा छोडिएका गाईवस्तुहरूले दुःख पाउँदै आएको र केही हदसम्म भएपनि समाधान होस् भन्ने उद्देश्यले अस्थायी टहरा निर्माण गरी गाईवस्तुहरूलाई बस्ने वातावरण निर्माण गरिएको पशुकल्याण धनगढीका अध्यक्ष यसपाल अवस्थितले बताए ।स्थानीय तथा पशुकल्याणका सदस्यहरू मिलेर सो कार्य गरिएको थियो। सबैको सक्रिय सहभागिताले यो कार्य गर्न सकिएको र यसमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा यसलाई व्यवस्थित रुपमा अगाडि बढाउन समेत पहल गरिदिनुहुन अध्यक्ष अवस्थीले अनुरोध गरेका छन्।
अहिले गोदावरी नगरपालिका ५ गेटा चौमाला र गौरीगंगा नगरपालिका १ मा निर्माण गरिएको र सबैको साथ सहयोग भएमा टिकापुरमा गौसला निर्माण गर्ने समेत उनको लक्ष्य रहेको छ ।