पशुपत्ति शिक्षा मन्दिर स्कुलको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको पशुपत्ति शिक्षा मन्दिर बोर्डिङ्ग स्कुलले आफनो २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरि मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा सामाजिक विकास समिति सभापति धर्मराज पाठकले समुद्घाटन गरे ।

सो अवसरमा उनले गुठीबाट सञ्चालित विद्यालयले आफनो २१ औं वर्ष पुरा गर्नु आफैमा सह्रानिय कार्य रहेको बताए । उनले भने –‘विद्यालयले शिक्षा क्षेत्रमा ठुलो योग्दान पुर्याएको छ । गरिव, विपन्न तथा असहाय बालबालिकालाई शिक्षा प्रदान गर्नमा यसको ठुलो योग्दान रहेको छ । आगामी दिनमा पनि यसले सोही अनुसार काम गर्दै अघि बढोस् ।’

उनले अहिले शिक्षानै मानिसको आयस्रोतको प्रमुख आधार रहेको बताउँदै –‘शिक्षा बिना कुनै पनि रोजगारी, जिविकोपार्जन गर्न सहज छैन् । त्यसैले हरेक अभिभावकहरुले आफना बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्छ ।’

कार्यक्रममा धनगढी–७ का वडा अध्यक्ष मोति रानाले उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ अभ्यास गरिरहेको बताए । उनले शिक्षा हरेक नागरिकको आधारभुत अधिकार रहेकाले कुनै पनि बालकलाई शिक्षाको अन्धकारमा धकाल्ने गरि नीति नियम बन्न नहुने बताए ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व छात्र सुरज रानालाई विशेष सम्मान गरेको छ । सञ्चार तथा पत्रकारिता क्षेत्रमा उनले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै विद्यालय प्रशासनले उनलाई सम्मानपत्र प्रदान गरेको हो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न धार्मिक, सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र समाजसेवीहरुलाई पनि उक्त समारोहमा सम्मान गरिएको थियो ।

ad_wide