पश्चिम स्टार यातायातको सेवा विस्तार

साकार बोगटी,

धनगढी – पश्चिम स्टार यातायात प्रा.ली धनगढीले आफ्नो ग्रहकको सुविधालाई ध्यानमा राख्दै सेवा विस्तार गरेको छ । धनगढीवाट विधुतिय बस सेवा सञ्चालन गरिरहेको पश्चिम स्टार प्रालिले धनगढी वाट कञ्चनपुरको महेन्द्रनगर, बाँकेको नेपालजंग, टिकापुर, डडेलधुरा, डोटीको पिपल्ला लगाएतको स्थानमा सेवा दिदै आएको छ । हाल डोटीको सिलगडी लागि विजुली बससेवा सुरु भई रुटमा सञ्चालन गराई रहेको पश्चिम स्टार यातायात प्रालिका अध्यक्ष जनक भाटले बताए । उनले सिलगढी क्षेत्रमा पश्चिम स्टार प्रालिका उपाध्यक्ष अनिल विष्टलार्ई जिम्मेवारी दिई सेवा विस्तार गरेको जानकारी दिए ।

व्यवसायलाई हित हुने गरेर सवैको सहकार्यको अपेक्षा रहेको अध्यक्ष भाटले बताए । उनले भने अहिले सवैको साथ र सहयोग अपेक्षा रहेको छ आगामी दिनमा सेवा बढाईदै लगिने छ । त्यस्तै पश्चिम स्टारका महासचिव गौरव शाहीले अहिले सम्म हाम्रो समितिमा इभि गाडीहरुको सेवा सञ्चालन भई रहेको छ । धनगढी वाट टिकापुरको लागि डिजेल गाडीको पनि सेवा थपेको उनले जानकारी दिए ।

पश्चिम स्टार यातायात प्रालीले पछिल्लो समयमा यात्रुहरुको मन जित्दै सफल भएको छ । सहज सेवा, इभिमा बातावरण मैत्री सवारी साधान भएकाले यात्रुहरुले बढी मन पराउनु लगाएतका विशेषताका कारण लोकप्रिय सवारी साधनको रुपमा सवैले रुचाई रहेका छन् । सनराईज टिभि टेलिभिजनका लागि साकार बोगटीको रिपोर्ट

ad_wide