हर्क थापा धनगढी- कैलालीको धनगढीमा रहेको पश्चिम स्टार यातायात प्रा.लीले आफ्नो सञ्चालक समिति चयन गरेको छ ।
जनक सिंह भाट अध्यक्ष रहेको सञ्चालक समितीमा महासचिवमा गौरव शाही, काषाध्यक्षमा विरेन्द्र खड्का, सदस्यमा सन्तोष तामाङ, दिनेश भट्ट, महेश राज भट्ट, लोकेन्द्र पाण्डे चयन भएका छन् । त्यस्तै उद्धार समितिको संयोजकमा भुवन पाल सदस्यमा तेज राम भट्टराई चयन भएका छन् । त्यस्तै सल्लाहकार समिति संयोजकमा मोतीराम चौधरी, सुुदिप थापा, लक्की शाह, टेक बहादुर खड्का, राम बहादुर केसी चयन भएका छन ।
शनीवार धनगढीमा रहेको पश्चीम स्टार यातायात प्रा.लीको प्रधान कार्यालयमा स्वागत कार्यक्रम गरिएको छ । स्वागत कार्यक्रममा सल्लाहकार सुदिप थापा र राम बहादुर के.सीलाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष जनक सिंह भाटले आगामी दिनमा सवैको साथ र सहयागको अपेक्षा व्यक्त गरे । सवैको सहयोगले संस्था अगाडी बढ्ने भन्दै सस्थालाई अगाडी बढाउन सवैको महत्वपुर्ण भुमिका रहेने उनले बताए ।