पहिरोमा परी एक महिलाको मृत्यु, एक बालिका घाइते

डोटी -  पहिरोमा परी डोटीमा एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।

 मृत्यु हुनेमा आदर्श गाउँपालिका ३ आगरका शेर बहादुर ऐरकी आमा वर्ष ६१ कि कौमती देवी ऐर रहेको र घाइते हुनेमा शेर बहादुरकी छोरी अन्दाजी १०र१२ वर्षकि भुवनेश्वरी ऐर रहेको  वडाका अध्यक्ष दिपेन्द्र प्रसाद पाठकले जानकारी दिए ।

शनिबार बिहान  मृतक कौमती देवी नातिनी सहित आफ्नो घरबाट आदर्श गाउँपालिका ६ सौकल्लामा माइति घर जाँदै थिए  । उनिहरु आदर्श गाउँपालिका – ३ कै उन्ने ओडार भन्ने ठाउँमा बाटो माथिबाट आएको पहिरोमा परेको जनाईएको छ ।

ad_wide